30.4 C
Kathmandu
Tuesday, August 12, 2025
spot_img

आन्दोलनकारीबाट तोडफोड भएको पसलको क्षतिपूर्ति दिइने

काठमाडौँ । एमसीसीको विरोधमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा तोडफोड भएको पसलमा सरकारले चासो देखिएको छ । आइतबार एमसीसीको विरोधमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा बुद्धनगरकी जानकी श्रेष्ठको पसलमा क्षति पुगेको थियो ।

प्रदर्शनकारीहरुले पाँच जना प्रहरीलाई घेरा हालेर ढुंगामुढा हान्ने क्रममा श्रेष्ठको पसलमा क्षति पुगेको थियो । प्रहरीलाई बचाउने क्रममा पसलमा क्षति पुगेपछि सरकारले चासो देखाएको हो ।

मंगलबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल र प्रहरी वरिष्ठ उपरीक्षक सुदीप गिरी ब्याबसायी श्रेष्ठको पसलमा पुगे । अनुगमनमा उनीँहरुले पसलमा भएको क्षतीको विवरण संकलन गर्नुका साथै उचित क्षतिपूर्ति दिनका लागि गृह मन्त्रालयलाई आग्रह गर्ने समेत आश्वासन दिएका छन् ।

यसअघि मंगलबारै काठमाडौं महानगरपालिका उपमेयर हरिप्रभा खड्गी नेतृत्वको टोलीले पनि श्रेष्ठको पसलमा पुगेर क्षति विवरण लिएको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स