19.7 C
Kathmandu
Friday, August 15, 2025
spot_img

थप ३८८ जनामा कोरोना पुष्टि, ४ संक्रमितको मृत्यु, १,२०५ जना संक्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३८८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। ८ हजार १४० जनामा नमुना परीक्षण गर्दा ३८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १२०५ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।

मन्त्रालयका अुनसार पछिल्लो २४ घण्टामा थप ४ जनाको मृत्यु भएको छ । यससँगै मृतकको कूल संख्या ११ हजार ९२५ पुगेको मन्त्रालयले जनाएको छ। हाल देशभर कोरोनाका सक्रिय संक्रमित ११ हजार २८२ जना रहेको मन्त्रालयले जनाएको ।

मन्त्रालयका अनुसार देशभर कोरोना संक्रमितको कुल संख्या एन्टिजेन विधिबाट भएको परीक्षणमा १ लाख ३८ हजार ७३८ र पीसीआर विधिबाट भएको परीक्षणमा ९ लाख ७५ हजार ८०६ जना पुगेको छ । संक्रमितमध्ये हालसम्म ९ लाख ५२ हजार ५९९ जना निको भएका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स