20.1 C
Kathmandu
Saturday, April 25, 2026
spot_img

पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध प्रदर्शन

काठमाडौँ । पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोधमा भक्तपुरमा प्रदर्शन भएको छ। नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थी संगठनले आइतबार बिहान भक्तपुरमा टायर बालेर प्रदर्शन गरेको हो।

भक्तपुरको मध्यपुर थिमिस्थित सानोठिमी क्याम्पस अगाडि विप्लव नेकपा निकट अखिल क्रान्तिकारीका विद्यार्थीले नाराबाजीसहित टायर बालेका हुन्। प्रहरीले प्रदर्शनकारीलाई तितरबितर पारेर आगो निभाएको छ।

नेपाल आयल निगमले शनिबार पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको थियो। शनिबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल र डिजेल तथा मट्टीतेलको साबिक बिक्री मूल्यमा प्रतिलिटर ३ रुपैयाँले वृद्धि गरेको थियो।

योसँगै पेट्रोलको खुद्रा बिक्री मूल्य १४५ र डिजेल र मट्टीतेलको १२८ रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स