काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा ५ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार ११५ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ५ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार ६ हजार ३७ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा ४ सय २७ जना र ४ हजार ७८ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ९४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा मुलुकभर कोरोना संक्रमणका कारण १० जनाको मृत्यु भएको छ । सोही अवधिमा ३ हजार ९३५ जना संक्रमितहरु निको भएका छन् ।
यसका साथै सोही अवधिमा मुलुकभर ५६ हजार १२ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । हाल नेपालमा २२ हजार ५८४ जना सक्रिय संक्रमितहरु रहेका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।