19.1 C
Kathmandu
Saturday, August 16, 2025
spot_img

एसइईको परीक्षा तालिका सार्वजनिक

काठमाडौँ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसइईको तालिका सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले आज सार्वजनिक गरेको तालिका अनुसार आगामी ९ वैशाखमा अनिवार्य अंग्रेजी विषयको परीक्षा हुनेछ ।

सोही दिन वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत भाषा र साहित्यको पनि परीक्षा हुनेछ । ११ वैशाखमा अनिवार्य गणित र १२ गते अनिवार्य नेपालीको परीक्षा हुनेछ । १२ गते गैरनेपाली विद्यार्थीको हकमा अंग्रेजीको परीक्षा हुनेछ ।

९ वैशाखदेखि सुरु हुने परीक्षा २० वैशाखसम्म चल्नेछ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुनेछ । राष्ट्रिय परीक्षा बोर्डको बुधबार बसेको बैठकले परीक्षा सञ्चालन मिति तोकेको हो । बोर्डले स्थानीय तहको निर्वाचनसँग मिति नजुध्नेगरी परीक्षा मिति तोकेको हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स