19.1 C
Kathmandu
Sunday, April 26, 2026
spot_img

काठमाडौं महानगरभित्रका विद्यार्थीलाई आजदेखि फाइजरको दोस्रो डोज

काठमाडौं । काठमाडौं महानगरपालिका क्षेत्रभित्रका विद्यार्थीले कोभिड(१९विरुद्धको फाइजर खोपको दोस्रो डोज आजदेखि लगाउन पाउने भएका छन् । पहिलो डोज लगाएको तीन हप्ता पुगेका १२ देखि १७ वर्ष उमेरका विद्यार्थीले आजदेखि ५ फागुनसम्म फाइजरको दोस्रो डोज लगाउन पाउने भएका हुन् ।

महानगरका शिक्षा अधिकारी रामप्रसाद सुवेदीका अनुसार ३२ वटै वडामा रहेका तोकिएका विद्यालयका खोप केन्द्रमा खोप अभियान सञ्चालन हुनेछ । शनिबारबाहेक अन्य दिनमा बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म खोप लगाउन पाइनेछ ।

वडास्थित सामुदायिक शहरी स्वास्थ्य क्लिनिकमा सम्पर्क गरी पूर्ववत खोप केन्द्र तोकिएका विद्यालयहरुमा गई खोप लगाउन काठमाडौं महानगरपालिकाले जनाएको छ । ललितपुर महानगरपालिकामा भने माघ २७ गतेदेखि फागुन ६ गतेसम्म खोप कार्यक्रम सन्चालन हुने छ ।

जनस्वास्थ्य शाखा छायबहाल, वडा नं। २ को सानेपा चोकस्थित आधारभूत स्वास्थ्य केन्द्र, वडा नं. १७ को लुंखुसीस्थित नगर स्वास्थ्य केन्द्र, वडा नं। २४ को धापाखेल स्वास्थ्य चौकी, वडा नं। २५को सैंबु स्वास्थ्य चौकी, वडा नं. २७ को सुनाकोठी स्वास्थ्य चौकी र वडा नं। २८ को हरिसिद्धी स्वास्थ्य चौकी खोप केन्द्र तोकिएको छ ।

बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म खोप कार्यक्रम सन्चालन हुने ललितपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले जानकारी दिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स