29 C
Kathmandu
Friday, August 15, 2025
spot_img

उपत्यकामा सवारी साधनमा जोर–बिजोर प्रणाली हट्यो, फागुन १ बाट विद्यायलयहरु खुल्ने

काठमाडौं । काठमाडौं उपत्यकामा सोमबारदेखि जोर बिजोर प्रणाली हटेको छ । साथै फागुन १ गतेदेखि भौतिक उपस्थितिमै विद्यालयहरु सञ्चालनमा आउने भएको छ ।

कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र सीसीएमसीसीको सिफारिस अनुसार उपत्यकाका तीनै जिल्ला (काठमाडौं, भक्तपुर र ललितपुर) को प्रशासन कार्यालयले आइतबार मध्यराति सवारी साधानमा जोर बिजोर हटाउने निर्णय गरेको हो ।

फागुन १ गतेदेखि स्कुल, कलेज, ट्युसन सेन्टर लगायतका शैक्षिक क्रियाकलाप सञ्चालन गर्न सकिनेछ । तर १२ वर्ष पुरा नएका विद्यार्थीहरुको हकमा स्थानीय तहको समन्वयमा आलोपालो वा सिफ्ट प्रणालीमा कक्षा सञ्चालनको व्यवस्था मिलाउनुपर्ने भनिएको छ । सबै परीक्षाहरु जेड आकारमा फागुन १ गतेदेखि सञ्चालन गर्न सकिने सूचनामा उल्लेख छ ।

यस्तै कोरोनाको रोकथाम, नियन्त्रण, उपचार र आम नागरिकले जनस्वास्थ्यको पूर्ण रुपमा पालना गर्नुपर्ने, अनिवार्य रुपमा मास्कको प्रयोग गर्नु पर्ने, घरबाट बाहिर निस्किँदा अनिवार्य रुपमा खोपकार्ड (मोबाइलमा भए पनि हुने) राख्‍नु पर्नेछ ।

त्यसैगरी सपिङ मल, डिपार्टमेन्टल स्टोर, सुपर मार्केट र सबै प्रकारका पसल एक पटकमा २० जनाभन्दा बढी भेला नहुने भनिएको छ भने पार्टी प्‍यालेसमा एक पटकमा कुल क्षमताको एक चौथाईमा बनढ्‍ने गरी पूर्ण खोप लगाएका २० जना मात्र उपस्थित गराउनसमेत प्रशासनले आग्रह गरेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स