काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा ३ हजार ५४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १३ हजार १४५ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ३ हजार ५४० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा। संगीता मिश्राले नियमित प्रेस ब्रिफिङका क्रममा सो जानकारी दिएकी हुन् ।
मन्त्रालयका अनुसार ९ हजार ९१० जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा ३ हजार ४९ जना र ३ हजार २३५ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ४ सय ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा ६ हजार ३५९ जना संक्रमितहरु निको भएका छन्, भने ३२ संक्रमितको मृत्यु भएको छ ।