23.8 C
Kathmandu
Thursday, August 14, 2025
spot_img

सिन्धुलीमा डेढ महिनामा हात्तीको आतंकबाट ९५ घर भत्कीयो

सिन्धुलीमाढी । सिन्धुली जिल्लामा झण्डै डेढ महिनाको अवधिमा जङ्गली हात्तीको समूहले ९५ वटा घर भत्काएको छ । जिल्लाको दुधौली नगरपालिकाको विभिन्न वडामा ६५ वटा र कमलामाई नगरपालिकाको रानीबासमा ३३ वटा घर तीन वटाको समूहमा रहेका जङ्गली हात्तीले भत्काएको नगरपालिकाले जनाएको छ ।

दुधौली नगरपालिकाको २ मा मात्रै बिहीबार राती जङगली हात्तीले चारवटा घर भत्काएर क्षति पुर्याएको सो वडाका अध्यक्ष रितेस राउतले जानकारी दिनुभयो । जङगली हात्तीको समूहले मानिसको घर भत्काउनुका साथै अन्नपात, खाद्यान्न बाली र फलफूल नष्ट गर्दैआएको उहाँले सुनाउनुभयो ।

नगरपालिकाका अनुसार वडा ३ मा २१ घर, वडा ४ मा एक घर, वडा ६ मा आठ घर, र वडा ११ मा २८ घर भत्काएको छ । हात्ती पीडित परिवारलाई घर मर्मत गर्न नगरपालिकाले क्षति अवस्था हेरी बढीमा २० हजार रुपियाँसम्म नगदसहित प्रतिपरिवार ३० केजी चामल, दुई लिटर तेल, दुई केजी स्वायविन मस्यौरा, नुन एक केजी, दाल दुई केजी र आलु तीन केजी राहत स्वरुप दिने गरेको दुधौली नगरपालिकाका प्रवक्ता वडा अध्यक्ष राउतले जानकारी दिनुभयो ।

यो वर्ष पुस ३ गतेदेखि दुधौली नगरपालिकाको ११ बाट हात्तीको समूहले उपद्रो मञ्चाएर जनजीवनलाई आतङ्कित बनाउदैआएको स्थानीयको भनाइ छ । दुधौली नगरपालिका– ३ कालापानीका बासिन्दा तेजनाथ अधिकारीले हात्तीले आप्mनो घर भत्काउनुका साथै ६ मुरी धान, १६ पाथी चामल र तीन मुरी मकै खाएर र छरेर नष्ट गरेको बताउनुभयो ।

हात्ती पीडित परिवार केही छिमेकको घरमा कोही घर मर्मत गरी बस्न सुरु गरेको उहाँको भनाइ छ । पीडित परिवारलाई नेपाल रेडक्रस सोसाईटी त्रिपाललगायत गैरखाद्य सामग्री सहयोग गरेको छ । डिभिजन वन कार्यालय सिन्धुलीले कोसीटापु राष्ट्रि निकुञ्जबाट पर्सा राष्ट्रिय निकुञ्जमा बसाइँ जाने क्रममा ती हात्ती अहिले दुधौली नगरपालिकाको विभिन्न ठाउँमा देखापरेको जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स