25.6 C
Kathmandu
Saturday, August 16, 2025
spot_img

थप ६ हजार ८२७ जनामा कोरोना संक्रमण, १० संक्रमितको मृत्यु

काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा ६ हजार ८२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १९ हजार ८६९ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ६ हजार ८२७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार १३ हजार ७९१ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा ४ हजार ८०७ जना र ६ हजार ७८ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा २ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या १० लाख ६८ हजार ९३२ पुगेको छ ।

कोरोना भाइरस ९कोभिड–१९०को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ५ हजार ४३२ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ८ लाख ४२ हजार ४३६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर १९ हजार ८६९ जनाको परीक्षण हुँदा हालसम्म कुल ६१ लाख ५२ हजार ८९० जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १० को मृत्यु भएको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ६९७ पुगेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स