25.1 C
Kathmandu
Friday, August 15, 2025
spot_img

थप ८ हजार ०१७ जनामा कोरोना संक्रमण, १५ जनाको मृत्‍यु

काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा ८ हजार १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २१ हजार ८०८ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ८ हजार १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार १५ हजार ७३६ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा ५ हजार ८१६ जना र ६ हजार ७२ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा २ सय २०१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या १० लाख ६२ हजार १०५ पुगेको छ ।

कोरोना भाइरस ९कोभिड–१९०को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ५ हजार २९२ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ८ लाख ३७ हजार ०० पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर २१ हजार ८०८ जनाको परीक्षण हुँदा हालसम्म कुल ६१ लाख ३३ हजार ०२१ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १५ को मृत्यु भएको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ६८७ पुगेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स