19.7 C
Kathmandu
Thursday, August 14, 2025
spot_img

मौसम बदलीसँगै देशभर चिसो बढ्यो, तीन दिनसम्म सुधार नहुने

काठमाडौँ । हाल मुलुकभर पश्चिमी वायुको प्रभावका कारण मौसम बदली भइरहेछ । आगामी तीन दिनसम्म मौसममा खासै सुधार नहुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मौसम बदलीसँगै देशभर चिसो समेत बढ्दो क्रममा रहेको छ।

हाल देशभर आंशिकदेखि सामान्य बदली भई बाग्मती तथा प्रदेश नं १ का थोरै स्थानहरुमा हल्का वर्षा एवं हिमपात भईरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो देशका पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्यतया बदली रही तराईका भू–भागमा आंशिक बदली रहने महाशाखाको भनाइ छ । साथै देशका पहाडी भूभागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ र उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । राती पनि देशका पहाडी भूभागहरुमा आंशिकदेखि सामान्यतया बदली रही तराईका भूभागमा सामान्यतया मौसम सफा वा आंशिक बदली रहनेछ ।

भोलि र पर्सि पनि देशका पहाडी भूभागहरुमा सामान्यदेखि पूर्ण बदली रही तराईका भूभागमा आंशिकदेखि सामान्यतया बदली रहने महाशाखाको पूर्वानुमान छ ।

साथै महाशाखाले देशका थोरै स्थानमा हल्का वर्षाको र उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरुमा हल्का हिमपात हुनसक्ने भएकाले चिसो अझै बढ्ने जनाएको छ । चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउनु हुन अनुरोध छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स