21.1 C
Kathmandu
Sunday, April 19, 2026
spot_img

माघ तेस्रो साता सङ्क्रमण उच्च बिन्दुमा पुग्ने अनुमान

काठमाडौं। सरकारले नेपालमा कोरोना सङ्क्रमणको तेस्रो लहर माघ महिनाको तेस्रो साता उच्च बिन्दुमा पुग्ने अनुमान गरेको छ । माघको तेस्रो साता नेपालमा दैनिक सङ्क्रमितको सङ्ख्या २० हजारभन्दा बढी हुनसक्ने पीसीआर विधिको आधारमा अनुमान सरकारले गरेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा।कृष्ण पौडेलले जानकारी दिनुभयो ।

‘पीसीआर विधिबाट गरिएको परीक्षणको आधारमा माघको तेस्रो सात सङ्क्रमित २० हजारसम्म पुग्छ भनेर अनुमान गरेका छौँ । त्यस्तै, एन्टिजेन परीक्षण गर्दा यो सङ्ख्या अझै बढ्न सक्छ,’ डा। पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार सरकारले दैनिक सङ्क्रमितको सङ्ख्या २० हजारभन्दा बढी देखिएसँगै अस्पताल भर्ना हुने सङ्क्रमितको सङ्ख्यामा पनि बढ्ने अनुमान गरेको छ ।

‘करिब १३ हजार सङ्क्रमित व्यक्ति अस्पताल भर्ना हुने देखिन्छ भने त्यसमध्ये करिब ३९५ जना क्रिटिकल हुने र एक हजार बढीमा जटिल प्रकारको सङ्क्रमण देखिने अनुमान सरकारले गरेको छ,’ उहाँले भन्नुभयो । त्यस्तै ९ हजार ८४८ मा भने सामान्य लक्षण मात्रै देखिने सरकारको अनुमान छ ।

दोस्रो लहरमा भोगिएको अक्सिजन अभावलाई यो लहरमा दोहोरिन नदिन मन्त्रालयले तयारी गरिसकेको छ । मन्त्रालयका अनुसार प्रदेश १ मा दैनिक कुल चार हजार ८२, मधेस प्रदेशमा कुल तीन हजार ७७८, बागमती प्रदेशमा कुल १२ हजार ४२४, गण्डकी प्रदेशमा कुल दुई हजार १२४, लुम्बिनी प्रदेशमा कुल चार हजार ३४०, कर्णाली प्रदेशमा कुल ३१२ र सुदूरपश्चिम प्रदेशमा कुल ४३६ सिलिण्डर अक्सिजन दैनिक उत्पादन हुने गरी क्षमता वृद्धि गरेको छ ।

मन्त्रालयको तथ्याङ्क अनुसार देशभरमा आठ हजार २०२ आइसोलेसन, ३२४ एचडीयू, दुई हजार ७९७ आइसियू बेड र एक हजार आठ भेन्टिलेटर बेड छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स