22.6 C
Kathmandu
Thursday, August 14, 2025
spot_img

द्रुत गतिमा फैलिदै कोरोना, मुख्य सहरहरु ‘रेड जोन’ मा

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमण द्रुत गतिमा फैलिन थालेको छ। काठमाडौं उपत्यका, सीमावर्ती जिल्ला र मुख्य सहरमा दैनिक संक्रमितको संख्या उच्च छ।

काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा संक्रमितको संख्या दोब्बरले वृद्धि हुँदै गएको छ। मुलुकभर दैनिक पुष्टि हुने संक्रमितमध्ये उपत्यकामा झन्डै ५० प्रतिशत हुने गरेको स्वास्थ्य मन्त्रालयकी प्रवक्ता डा। संगीता कौशल मिश्राको भनाइ छ। मंगलबार काठमाडौंमा मात्रै ४ हजार ४ जनामा संक्रमण पुष्टि भएको छ। ललितपुरमा ९ सय ४७ र भक्तपुरमा ५ सय ७० जना संक्रमित थपिएका छन्।

पछिल्लो समय मंगलबार मात्रै सबैभन्दा उच्च १० हजार २ सय ५८ जनामा संक्रमण पुष्टि भएको छ। परीक्षण गरेकामध्ये झन्डै ५० प्रतिशतमा संक्रमण पुष्टि हुने गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकले देखाएको छ। बढ्दो सहरकेन्द्रित संक्रमणले गाउँमा पनि फैलिने जोखिम देखिएको छ। पुस दोस्रो सातासम्म संक्रमणदर दुई प्रतिशत हाराहारी थियो।

उपत्यका बाहिरका मोरङ, सुनसरी, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, कास्की, रुपन्देही र कैलाली जोखिमको सूचीमा परेका छन्। यी जिल्लामा ५ सयभन्दा माथि संक्रमित अस्पताल भर्ना भएका छन्। भारतबाट फर्केकाहरू सीमा नाकामा ‘होल्डिङ’नहुँदा कतिपय सीमावर्ती जिल्ला हटस्पट बनिरहेका छन्। खुला सीमाका कारण नरोकिएको आवातजावत र भीडभाडले कोरोना संक्रमण बढेको हो। धनुषा, पर्सा, नवलपरासी पुर्व, बाँके, दाङ र कञ्चनपुरमा पनि कोरोना संक्रमित दैनिक बढिरहेका छन्।

आगामी तीन साता संक्रमणको हिसाबले जोखिमपूर्ण हुने स्वाथ्यविज्ञ बताउँछन्। भीडभाड र सरकारले तोकेका स्वास्थ्यका मापदण्ड पूरा नगर्नाले पनि संक्रमण बढेको हो। संक्रमितहरू सार्वजनिक सवारीसाधनमा यात्रा गर्दा संक्रमण झन् बढेको छ। तर, अधिकांश स्थानीयवासीले मास्कसमेत लगाएका छैनन्।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स