28.5 C
Kathmandu
Thursday, June 4, 2026
spot_img

राजधानी र नाम कायम भएकाे खुसीयालीमा मधेस प्रदेशमा आज सार्वजनिक बिदा

जनकपुरधाम । मधेस प्रदेशमा आज मंगलबार सार्वजनिक बिदा घोषणा गरिएको छ । हिजो सोमबार मात्र जनकपुरधाममा राजधानी र नाम मधेस प्रदेश कायम भएपछि खुसीयालीमा बिदा दिइएको हो ।

प्रदेश सरकारका प्रवक्तासमेत रहेका अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले मंगलबार प्रदेशमा सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिए ।

सोमबारको प्रदेश सभामा भएको मतदानमा प्रदेशको नाम मधेस प्रदेश र स्थायी राजधानी जनकपुर रहने पक्षमा बहुमत पुगेको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स