28.1 C
Kathmandu
Monday, May 18, 2026
spot_img

बाजुराका ग्रामीण सडक सुचारु गर्न लागिपरे स्थानीय गाउँपालिका

बाजुरा । बाढीपहिरोका कारण अवरुद्ध भएका ग्रामीण सडक सुचारु गर्न स्थानीय गाउँपालिका लागिपरेका छन् । पालिकादेखि गाउँ गाउँबस्तीमा सम्म सञ्चालनमा आएका ग्रामीण सडक असोज १९ देखि २६ गतेसम्म आएको अविरल वर्षाले अवरुद्ध हुँदै आएका थिए ।

हिमाली गाउँपालिका–४ का कर्णवीर भण्डारीले, गाउँमा जोडिने बाटोहरु सबै अवरुद्ध भएको कारण राहत सामग्री लैजान अफ्ट्यारो भएपछि गाउँपलिकाले सडक मर्मत गर्ने काम सुरु गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘असोज १९ देखी २६ गते सम्मको निरन्तर अविरल वर्षाका कारण पहिरोले गाउँसम्म सञ्चालनमा आएका अवरुद्ध भएपछि अहिले गाउँपालिकाले ती सडक सुचारु गर्ने भएको बताउनुभयो ।

हुम्ला ,बाजुरा र मुगु जिल्ला जोड्ने कर्णाली करिडोरको सडक समेत पूर्ण अवरुद्ध भएपछि अहिले हिमाली, स्वामिकार्ति, जगनाथ बूढीनन्दा नगरपालिका लगायतका स्थानीयवासीलाई आवागमन कार्यमा निकै सास्ती खेप्नुपरेको छ ।

बाटो अवरुद्ध बनेपछि अहिले त्यहाँ बाढीपहिरो पीडित राहत पाउनबाट वञ्चित हुँदै आएका छन् । घरमा खाने कुरा केही नभएर त्रिपालमुनि बसेका बाढीपहिरो पीडितको अवस्था निकै दयनीय भए पनि बाटो अवरुद्ध भएका कारण स्थानीय सरकारलाई राहत दिन सकस भएको छ । बाटोको समस्याले सर्वसाधारणलाई आवतजावतमा समस्या सृजना भए पनि सडक विभाग लगायतका अन्य निकायले समेत कुनै चाँसो नखाएपछि हिमाली गाउँपालिका तिहार अगावै बाटो सुचारु गर्ने गरी सडक निर्माणको काम सुरु गरेको हिमाली गाउँपालिकाले जनाएको छ ।

हिमाली गाउँपालिका कार्यालय बाजुरा आफैँले कर्णाली करिडोर पिलुचौरदेखि कुवाडी सडक खण्ड पुनः सुचारु गन डोजर लगायतका मेसिन उपकरण भाडामा लिई निर्माण तथा मर्मतकार्य सुरु गरिएको हिमाली गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत राजबहादुर भण्डारीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘उक्त खण्डमा करिब एक सयभन्दा बढी स्थानमा पहिरो खसेको र ५० भन्दाबढी स्थानमा खोलाहरुले सडक बगाएको छ । कर्णाली करिडोर अन्तर्गत सडक नेपाली सेनाले ठेक्का लिएको र काम सम्पन्न गरी सडक विभागलाई हस्तान्तरण गरिसकेको थियो ।’’

अहिले थप निर्माण र मर्मतको जिम्मेवारी सडक विभागको काम हो । तर स्थानीय सरकारले स्थानीयवासी यो समस्यालाई टुलुटुलु हेरेर मात्र बस्न नसकिएपछि पालिकाले आफै काम सुरु गरेको प्रमुख प्रशासकीय भण्डारीले बताउनुभयो । हिमाली गाउँपालिका अध्यक्ष गोविन्दबहादुर मल्लले, बाटो अवरुद्ध भएका कारण यहाँका स्थानीयले भोक भोकै बस्नुपर्ने समस्या उत्पन्न हुन नदिनका लागि सबैभन्दा पहिले बाटो खोल्ने काम गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘हिमाली गाउँपालिका अधिकाशं गाउँ बस्ती बाढीपहिरोको कारण विस्तापित भएर त्रिपालमुनिको बास बस्दै आएको र उनीहरुलाई राहत दिनका लागि पनि त्यो बस्तीमा जान बाटो नभएका कारण अहिले गाउँपालिकाले त्यो समस्या हल गर्नका लागि बाल्टो खोल्ने कामको सुरु गरेको छ ।’’

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स