21.2 C
Kathmandu
Tuesday, August 12, 2025
spot_img

काठमाडौं महानगरको कल सेन्टरमा ९ हजार ६२९ गुनासो रेकर्ड

काठमाडौँ । गत जेठ २४ गतेदेखि निरन्तर सञ्चालनमा रहेको काठमाडौं महानगरपालिकाको कल सेन्टरमा नौ हजार ६२९ गुनासो रेकर्ड भएको छ । महानगरमा मुख्यगरी तीन प्रकारको गुनासो आउनेगरेको महानगर कलसेन्टरका विभागीय प्रमुख नवराज ढकालले बताउनुभयो । उहाँका अनुसार फोहोर व्यवस्थापन, ट्राफिक समस्या र फुटपाथ व्यापारको सबैभन्दा बढी गुनासो आउनेगरेको छ । कल सेन्टर सञ्चालन भएको करिब दुई महिनाको अवधिमा सो संख्यामा जिज्ञासा आएको हो ।

कल सेन्टरका प्रमुख भरत पोखरेलका अनुसार कल सेन्टरमा इमेल र लिखित रुपमा पनि जिज्ञासा आउनेगरेको छ । पहिले पाँचसयको संख्यामा आउने जिज्ञासाको संख्या अहिले घटेको हो । कल सेन्टरमा आएका जिज्ञासाको तत्काल समाधान हुने गरेको छ । कल सेन्टरमा सर्वसाधारणले सम्पर्क गरेर जिज्ञासा राख्ने गरेका छन् ।

सरोकारवालाको जिज्ञासा, गुनासो, उजुरी र प्रश्नलाई सम्बोधन गर्न १६ ठाउँबाट सिधै उठाउन सकिनेगरी व्यवस्थापन गरिएको छ । त्यसका लागि जनशक्ति पनि थप्ने काम हुन्छ । अहिले कल सेन्टरमा पाँच जना मात्रै जनशक्ति छन् । उहाँका अनुसार १६६००१०५५११ एघार अंकको टोलफ्रि नम्बर सञ्चालनमा छ । सेवाग्राहीको हितलाई ध्यानमा राखेर महानगरले टोलफ्रि नम्बर सञ्चालनमा ल्याएको छ ।महागनरका नागरिकले आफ्नो ठाउँमा रहेको समस्याको समाधान कसरी गर्ने, फोहोर व्यवस्थापन कहाँ गर्ने, बाटो बिग्रेको छ के गर्ने ?, टार सर्ट हुन सक्नेस्थितिको जानकारी दिने र यसको कसरी समाधान गर्ने रु महानगरको विकास गर्न के–के कुराको आवश्यकता पर्छ रु महानगरमा के कस्तो कार्यक्रम छ र ? यसको व्यवस्थापन र सहयोग कसरी गर्नेलगायतका जिज्ञासा कल सेन्टरमा आउने गरेको प्रमुख ढकालले बताउनुभयो ।

महानगरको समस्या र विकासलाई जोडेर सेवाग्राहीका जिज्ञासा आउनेगरेको छ । प्रमुख ढकालले भन्नुभयो, “अहिले पहिलेकोजस्तो समय छैन मानिसहरु पढेलेखेका छन्, विभिन्न स्रोत साधन सम्पन्न भएका छन्, लिखित र मौखिक दुबै तरिकाबाट जिज्ञासा आउनेगरेको छ” उहाँले भन्नुभयो, “त्यसका लागि जुन तरिकाबाट जिज्ञासा आएको हो त्यसको प्रतिक्रिया पनि त्यसरी नै जाने गरेको छ ।” यसले सर्वसाधारण जनता लाभान्वित भएका छन् । कल सेन्टरमा आउने जिज्ञासामा महानगर मात्रै नभइ काठमाडौं उपत्यका भरिकै जिज्ञासा आउनेगरेको उहाँको भनाइ छ ।

निःशुल्क टोलफ्रि नम्बर रहेको कल सेन्टर टेलिफोन मार्फत् सेवाग्राहीले सोधेका जिज्ञासालाई सम्बोधन गरिरहेकाले यसको प्रभावकारिता पनि राम्रो रहेको प्रमुख ढकालले बताउनुभयो । “यो स्थानीय सरकार भएकाले जनताको गुनासो सुन्ने र कार्यान्वयन गर्ने जिम्मा पनि महानगरको भएकाले महानगर केन्द्रीत नै प्रश्न पनि आउनेगरेको छ” प्रमुख ढकालले भन्नुभयो, “महानगरमा के कस्तो सुविधा पाइन्छ रु विकास ढिलो हुनुको कारण के हो रु महानगर प्रमुख र उपप्रमुखको काम के हो रु हामी नगरबासीको काम के हो रु कार्यविधिहरु के–के छ रु यसको व्यवस्थापन र सहयोग कसरी गर्ने रु नगर प्रहरीले गर्ने गतिविधि लगायतका जिज्ञासाहरु आउँछ ।”

निःशुल्क टोलफ्रि नम्बर रहेको कल सेन्टर टेलिफोन मार्फत् सेवाग्राहीले सोधेका जिज्ञासालाई सम्बोधन गरिरहेकाले यसको प्रभावकारिता पनि राम्रो रहेको ढकालले बताउनुभयो । उहाँले भन्नुभयो, “पहिले यो सुविधा थिएन, महानगरको नयाँ काम भएकाले धेरैले यसको स्वागत गरेका छन् ।” सरोकार राख्ने व्यक्तिले आफूलाई आवश्यक पर्ने तथ्यको तत्कालै जानकारी प्राप्त गरेका छन् । यससम्बन्धी धेरै जिज्ञासाको समाधान विभागीय प्रमुख नवराज ढकाल आफैले दिने र बाँकी जिज्ञासाको समाधान वातावरण विभाग, प्रशासन, नगरप्रमुख, उपप्रमुख, नगरप्रहरी, कानुन विभाग, सूचना अधिकारीलगायतले दिनेगरेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स