27.1 C
Kathmandu
Thursday, April 2, 2026
spot_img

मेलम्चीको पानी आजदेखि पुन: काठमाडौँका घरघरमा वितरण

काठमाडौँ । मेलम्चीबाट ल्याइएको पानी आजदेखि फेरि काठमाडौंका घरघरमा पठाइने भएको छ। गत असारमा मेलम्चीमा आएको बाढीले आयोजनालाई क्षति पुगेको थियो।

क्षति भएका संरचना निर्माण गरेर काठमाडौं ल्याइएको पानी आजदेखि घरघरमा पठाउन लागिएको हो। खानेपानी मन्त्री उमाकान्त चौधरीले आज बिहान ९ बजे नयाँ बानेश्वरस्थित पानी वितरण केन्द्रबाट पानीको निकास खुला गरेपछि घरघरमा पानी वितरण सुरू हुनेछ।

गत चैत २९ मा मेलम्चीबाट पानी काठमाडौं पठाउन सुरू गरिएको थियो। गत माघ १४ गतेदेखि मेलम्ची आयोजनाको मर्मत गरिएको थियो। दुई महिनामा मर्मत सकेर पानी काठमाडौं ल्याइएको छ।

मेलम्चीको पानी काठमाडौं आएपछि यहाँ देखिएको पानी संकट समाधान हुने मन्त्री चौधरीले बताउने गरेका छन्। मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी काठमाडौं आउनेछ।

यसअघि ०७७ चैतमा पनि मेलम्चीको पानी काठमाडौं ल्याइएको थियो। त्यसबेला राष्ट्रपति विद्यादेवी भण्डारीले उपत्यकामा मेलम्ची पानी वितरणको शुभारम्भ गरेकी थिइन्।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स