24.3 C
Kathmandu
Tuesday, August 12, 2025
spot_img

छ जिल्लाका १०९ स्थानीय तहले अझै बुझाएनन् खोपको विवरण

काठमाडौं। सातै प्रदेशका ७१ जिल्ला तथा ६४४ स्थानीय तहले मात्र खोप बिवरण बुझाएका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले माघ २१ गते सम्म कोभिड खोपको अभिलेख सार्वजनिक गर्ने ७१ जिल्ला तथा ६४४ स्थानीयतहलाई आभार व्यक्त गरेको छ ।

मन्त्रालयले सूचना निकाल्दै बाकी रहेका छ जिल्ला तथा १०९ स्थानीय तहहरुलाई समेत खोपको मौज्याद यथाशिघ्र छिटो अनिवार्य रुपमा सार्वजनिक गर्न आग्रह गरेको छ।

माघ १६ गतेको सरकारको निर्णय अनुसार खोप छानविन समिति गठन गरेको थियो । सो समितिको पहिलो बैठकले निर्णय अनुसार कोभिड खोपको मौज्दात र कोभिडे खोप लगाएका सबै व्यक्तिहरुको विवरण म्ज्क्ष्क् द्द प्रणलीमा अनिवार्य सार्वजनिक गर्न आग्रह गरेको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स