24.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

लकडाउनमा नपढाएको शुल्क नतिरेका अभिभावक मरणासन्न हुने गरि कुटिए

सिरहा । सरकारले माध्यमिक तहसम्मको शिक्षा निशुल्क गरेको छ । सामुदायिक विद्यालयको हकमा लागू भएको यो सरकारी नीति अझै पनि धेरै विद्यालयमा पूर्णरुपमा लागू हुन सकेको छैन ।उता निजी विद्यालयको चर्को शुल्कलाई लिएर लामो समयदेखि चर्को वहस नै हुँदै आएको छ । तर पनि निजी विद्यालयको शुल्कमा मनपरि अझै हटेको छैन । त्यसमाथि लकडाउनका अवधिको शुल्क पनि धेरै निजी विद्यालयहरुले उठाउँदै आएका छन ।

यस्तै सिरहाको एक निजी विद्यालयले लकडाउनको अवधिमा नपढाएको शुल्क समेत माग्दा नतिर्ने बताएका एक अभिभावक मरणासन्न हुने गरि पिटिएका छन । उनीमात्र होइन परिवारका अन्य चार सदस्य पनि सख्त घाइते भएका छन् । पिटने प्रिन्सिपल घटना लगतै फरार छन् । पिटिएका अभिभावक र उनकी छोरीको स्थानीय अस्पतालमा उपचार हुन नसके पछि विराटनगरस्थित न्यूरो अस्पताल लगिएको छ ।

सिरहाको मिर्चैया नगरपालिका १० मथलेश्वरस्थित श्री राजदेवी अंग्रेजी बोर्डिङ स्कुलका प्रिन्सिपल रामकुमार साहले आफ्नै विद्यार्थीका अभिभावकलाई शुल्क न तिरेको भन्दै कुटपिट गरेका छन् । प्रिन्सिपलको कुटाइबाट ती परिवारका एक जनालाई हातकोे जोर्नीको हड्डी खुस्किएको साथै ती परिवारका ४ जनालाई घाइते भएका छन ।

प्रिन्सिपल साहले अभिभावक अशोक साहसंग लकडाउन अवधिको ५ हजार शुल्क मागेका थिए । तर लकडाउन अवधिको शुल्क कसरी तिर्नु भनेपछि दुईबीच विवाद भएको थियो । लकडाउनको अवधिमा बोर्डिङले अध्ययन अध्यपान सबै बन्द गराएको थियो । त्यसैले अभिभावक साहले रकम तिर्न नसक्ने भनेपछि बोडिङ स्कुलका प्रिन्सिपल साहले गाली गलौज गर्दै कुटपिट गरेका थिए ।

अशोकमाथि कुटपिट भइरहेको देखेपछि छुटाउन गएका परिवारका अन्य सदस्यमाथि पनि प्रिन्सिपल साहले कुटपिट गरेका थिए । कुटपिटबाट अशोककी श्रीमती सुनितादेवि साह, छोरी सरिता साह र अर्की छोरी अञ्जली पनि साह घाइते भएका छन । प्रिन्सिपलको हेलमेटको कुटाईबाट अभिभावक अशोककुमार साह र उनकी छोरीको सरिताको अवस्था गम्भीर छ । अशोकको टाउकोमा चोट लागेको छ भने छोरी सरिताको हात भाँचिएको र टाउको पनि फुटेको छ । उनीहरू दुवैलाई मिर्चैयास्थित स्थानीय अस्पतालमा उपचारमा सम्भब नभएपछि विराटनगरस्थित न्यूरो अस्पतालमा रिफर गरिएको छ ।

यता, घटनापछि प्रिन्सिपल साह फरार छन् । उनको खोजीकार्य भइरहेको मिर्चैया इलाका प्रहरी कार्यालयले जनाएको छ । यो घटनापछि राजदेवी बोर्डिङ नै बन्द गरेर अन्य शिक्षक तथा कर्मचारीहरु बोर्डिङबाट बाहिरिएका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स