24.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

नमोबुद्ध नगरपालिकाद्धारा ज्येष्ठ नागरिकलाई घरघरमै कोरोना खोपको व्यवस्था

काभ्रे । नमोबुद्ध नगरपालिकाले खोप केन्द्रसम्म पुग्न नसक्ने ज्येष्ठ नागरिकका लागि घरघरमै पुगेर कोरोनाविरुद्धको खोप लगाउने व्यवस्था गरेको छ । कोभिड १९  विरुद्धको कोभिडसिल्डको दोस्रो मात्रा खोप लगाउने अभियानको क्रममा खोप केन्द्रसम्म पुग्न नसक्ने नागरिकका लागि स्वास्थ्यकर्मीको टोली घरघरमै पुगेर खोप लगाइएको हो ।

नगर प्रमुख टिपी शर्मा तिमल्सिना स्वास्थ्यकर्मी लिएर आफैं जेष्ठ नागरिकको घरघरमा पुग्नुभएको छ । खोप केन्द्रसम्म पुग्न नसक्ने ८५ बर्षदेखि १०२ बर्षसम्मका नागरिकलाई घरमै पुगेर खोप लगाउने व्यवस्था गरिएको नगर प्रमुख तिमल्सिनाले जानकारि दिनुभयो । नमोबुद्ध ८ का १ सय २ बर्षका अमन्तीनाथ हुमागाईंले पनि दोस्रो मात्रा खोप लगाउनुभएको छ । स्वास्थ्यकर्मीले खोप लगाइदिएपछि हुमागाईंसहितका नागरिकहरुलाई नगर प्रमुख तिमल्सिनाले खोप कार्ड हस्तान्तरण गर्नुभयो ।

नमोबुद्ध नगरपालिकामा गत २३ फागुनदेखि २९ गतेसम्म सञ्चालन भएको खोप अभियानको क्रममा पहिलो मात्रा खोप लगाउने ६५ बर्षमाथिका व्यक्ति १ हजार ७ सय ७ छन । खोप अभियानको क्रममा नगरका ११ वटै वडामा केन्द्र तोकिएको छ । कोही पनि नागरिक कोरोनाविरुद्धको खोपबाट बञ्चित हुन नपरोस भन्ने उद्देश्यसहित काम गरिरहेको छौं । नगर प्रमुख तिमल्सिनाले बताउनुभयो ।

खोप अभियान लिएर नगरबासीको घरघरमा पुगेका नगर प्रमुख तिमल्सिनाले जेष्ठ नागरिकहरुको स्वास्थ्य अवस्था बुझ्दै उनीहरुलाई मास्क, सेनिटाइजर, च्यावनप्रास लगायतका सामग्रीसमेत वितरण गर्नुभएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स