25.1 C
Kathmandu
Monday, May 27, 2024
spot_img

उपत्यकामा ४ महिनापछि निषेधाज्ञा हट्यो : स्कुल खोल्न अझै प्रतिबन्ध

[the_ad id="4647"] [the_ad id="4648"] [the_ad id="4649"]

काठमाडौं। काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठक सम्पन्न भएको छ । प्रमुख जिल्ला अधिकारीहरुको बैठकले जारी निषेधाज्ञालाई थप खुकुलो पार्दै भदौ मसान्तसम्म निषेधाज्ञा थप गरेको छ । उपत्यकामा वैशाख १६ देखि अर्थात ४ महिनादेखि जारी निषेधाज्ञा हटाइएको हो ।

वैठकले यसअघि प्रतिबन्ध गरिएको सामूहिक खेलहरु, रोधीघरहरु ,सिनेमा हलहरु सामूहिक भेलाहरु स्वास्थ्य मापदण्ड पालना गरेर सञ्चालन गर्न दिने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताउनुभएको छ । विद्यालयहरु भने स्थानीय तहहरुले जिल्ला कोभिड व्यवस्थापन समितिको समन्वयमा भौतिक रुपमा सञ्चालन गर्न सकिने उहाँको भनाइ छ ।

बालबालिकाहरुले अझै पनि खोप प्राप्त नगरेको अवस्थामा भौतिक रुपमा विद्यालय सञ्चालनमा आफूहरुले जोड नदिएको पराजुलीले बताउनुभयो । बैकल्पिक तरीकाबाट शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन गर्न नसक्ने अवस्था भएमात्र भौतिक रुपमा विद्यालयहरु सञ्चालन गर्न उहाँको आग्रह छ ।

जारी निषेधाज्ञाको अवधिमै कोरोना सङ्क्रमणको जोखिम बढेको खण्डमा अहिले सञ्चालनमा आएका कतिपय पक्षबीचमा रोक लगाउन सकिने उहाँको भनाइ छ ।

[the_ad id="4652"] [the_ad id="4657"] [the_ad id="4660"]

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

[the_ad id="3905"] [the_ad id="3907"] [the_ad id="3908"] [the_ad id="3909"] [the_ad id="3910"] [the_ad id="3911"]

हेडलाइन्स