हाम्रोबारे

देश विकेन्द्रिकरणमा गएको छ । घर–घरमा सरकार पुगेको त छ । तर, नागरिकलाई सरकार पुगेको महसुस भएको छ त ? शुसासन, सामाजिक न्याय, समृद्ध मुलुक आम नागरिकका सवाल हुन् । अहिलेपनि स्थानिय सरकारका मुद्धाहरु मुलतः मुलधारका सञ्चार माध्यमको प्राथमिकताको विषय बन्न सकेका छैनन् । स्थानिय तहमा भएका असल अभ्यासका कुरा र आम नागरीकले उपभोग गर्दै आएको सेवा प्रवाहका विषयमा विशिष्टकृत रुपमा आवाज बुलन्द नभएको महसुस हुन्छ । आम नागरीकका मुद्धा सरोकारवाला समक्ष पु¥याउने सामाजिक उत्तरदायित्व सञ्चार माध्यमको पनि हो । त्यसकारणपनि पालीका टीभी पालीका भित्र दबीएर रहेका आवाजलाई बाहिर ल्याउन सञ्चालन गरीएको अनलाइन पोर्टल हो ।
लोकतान्त्रिक लाभहरुको समानुपातिक, समावेशी र न्यायोचित वितरण गरी कानुनी राज्य र दिगो विकासको अवधारणा अनुरुप स्थानिय तह सुदृढीकरण हुन आवश्यक छ ।
मुख्यतः स्थानिय एजेण्डालाई स्थापित गर्न स्थानिय तहका राजनितिक,आर्थिक,प्रशासनिक,सामाजिक,पूर्वाधार लगायत क्षेत्रका सवाललाई खोजि पत्रकारीता मार्फत् उठाउन पालीका टिभि प्रतिबद्ध रहनेछ । समाजमा लुकेर रहेका साना विषय जुन आम पाठक,दर्शकका लागि रुचीकर हुन्छन् ती विषयलाई अनुसन्धानमुलक लेख, फिचर मार्फत् अगाडी ल्याउने हाम्रो पर्यत्न रहनेछ ।
संघ, प्रदेश र स्थानिय तहबिचको सहकारीता, सहअस्तीत्व र समन्वयलाई प्रवद्र्धन गर्दै जनसहभागिता,पारदर्शीता,उत्तरदायित्व, पारदर्शीता सुनिश्चित गर्न निरन्तर पहरेदारी गर्नेछौं ।
अनलाइन,टेलीभिजन माध्यमबाट सात सय ५३ स्थानिय तहका सरकारमा वाच डगको भुमिका निर्वाह गर्नेछौं । स्थानिय सरकार र त्यस सरकार मातहत रहेका स्थानियविच मुद्धाका सवालमा पुलको काम गर्ने हाम्रो प्रतिवद्धता हो । सदैव पाठक र दर्शकका समस्या पह्चिान अनि उजागरमा केन्द्रित हुने हाम्रो लक्ष्य हो ।