29.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

विद्युतीय खोप कार्ड वितरणमा ढिलाइ वैदेशिक रोजगारीमा जाने श्रमिक आन्दोलित

काठमाडौँ । विदेश जान चाहने नागरिकका लागि क्यूआर कोडसहितको कोरोनाको विद्युतीय खोप कार्ड लागू गरिएपछि सेवाग्राहीलाई झनै सास्ती भोग्न बाध्य भएका छन ।
खोप प्रमाणीकरणका लागि घण्टौँसम्म लाइन बस्दासमेत पालो नआएको भन्दै सेवाग्राहीले आन्दोलन गर्न थालेका छन । सरकारले गएको बुुधबारदेखि क्यूआर कोडसहितको कोरोनाको विद्युतीय खोप कार्ड जारी गर्न सुुरु गरेको थियो तर यसबाट सेवाग्राहीले झनै सास्ती भोग्नु परेको छ ।

वैदेशिक रोजगारीमा जाने श्रमिकले क्यूआर कोडका लागि पाँच दिनसम्म धाएर पनि कोड जारी नभएको गुनासो गरेका छन् । रोइकराई गर्दासमेत सरकारका जिम्मेवार निकाय बेखबर छन् । विदेश जानेको समयमा कोड जारी नहुँदा कतिपयले टिकट नै गुमाउनु परेको छ । सरकारले रोजगारी, अध्ययन तथा भ्रमणका लागि विदेश जानेलाई क्यूआर कोडसहितको खोप कार्ड व्यवस्था गरेको छ ।

फिर्ती टिकटसहित घर बिदामा आएर पुुनः फर्किने धेरैजसोले कोड जारी नहुँदा टिकट गुमाउनु परेको छ । यस्तैमध्येका हुनुहुन्छ सल्र्लाहीका विजय शाह । उहाँ सरकारले भनेअनुसार अनलाइनबाट फर्म भेरर क्यूआर कोडका लागि कीर्तिपुरस्थित राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र धाउन थालेको तीन दिन भयो । चार वर्ष साउदी बसेर गएको चैतमा घरबिदामा आउनुभएका उहाँ कोरोनाको दोस्रो लहरले अन्तर्राष्ट्रिय उडान रोकिँदा यतै रोकिनुुभयो ।

शाह त एउटा प्रतिनिधि पात्र मात्रै हुनुहुन्छ । उहाँजस्ता हजारौँ सङ्ख्याका युवाले क्यूूआर कोडका लागि चाररपाँच दिन धाउन बाध्य छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र स्वास्थ्य जनसङ्ख्या मन्त्रालयको समन्वय नहुँदा श्रम बेच्न जाने श्रमिकले सास्ती भोग्नुु परेको वैदेशिक रोजगार व्यवसायी सङ्घले जनाएको छ ।

सोमबार यूएई जान विमानस्थल पुगेका यात्रु रातको समयमा उडान नहुने सूचना आएपछि निराश भएर फर्किनुपरेको उड्डयन अधिकारीहरूले जानकारी दिएका छन् ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स