25.1 C
Kathmandu
Sunday, May 26, 2024
spot_img

रुपन्देहीको मोतीपुरमा निषेधाज्ञा जारी

[the_ad id="4647"] [the_ad id="4648"] [the_ad id="4649"]

रुपन्देही । रुपन्देहीको बुटवल उपमहानगरपालिका–१७ र १८ मा पर्ने मोतीपुर औद्योगिक क्षेत्रमा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ ।

सो क्षेत्रमा सुकुम्वासीका नाममा औद्योगिक करिडोरको जग्गा कब्जा गरेर धमाधम संरचना निर्माण गर्न थालेपछि स्थानीय प्रशासनले निषेधाज्ञा घोषणा गरेको हो ।

कोभिड–१९ सङ्कट व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश, २०७८ को दफा ४ र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ ले दिएको अधिकार प्रयोग गरी निषेधित क्षेत्र घोषणा गरेको सहायक प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले जानकारी दिनुभयो । अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा यथावत् रहने छ ।

निषेधित क्षेत्र पूर्व तिनाउ नदी बुटवल उपमहानगरपालिका–१७ शिवनगरदेखि वडा नं १८ सौरहिया पुलसम्म, पश्चिम हरिहरपुरको खोतीयोग्य जमिन ९ बुटवल उपमहानगरपालिका–१७, उत्तर तर्फ शिवनगर रानीगाउ बस्ती बुटवल उपमहानगरपालिका–१७ र दक्षिणमा बुटवल उपमहानगरपालिका–१८ औद्योगिक करिडोरको जग्गा धन्दापुर सौरहियासम्म तोकिएको छ ।

निषेधित क्षेत्रभित्र निषेध गरिएका क्रियाकलाप गरेको पाइएमा प्रचलित कानून बमोजिम कारवाही गरिने स्थानीय प्रशासनले जनाएको छ ।

[the_ad id="4652"] [the_ad id="4657"] [the_ad id="4660"]

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

[the_ad id="3905"] [the_ad id="3907"] [the_ad id="3908"] [the_ad id="3909"] [the_ad id="3910"] [the_ad id="3911"]

हेडलाइन्स