29.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

काठमाडौँ महानगरलाई ४ थान भेन्टिलेटर सहयोग

काठमाडौँ /काठमाडौँ महानगरपालिकालाई भगिनी सहर तिव्वतको ल्हासा नगरले भीजी ७० मोडेलका ४ थान भेन्टिलेटर सहयोग स्वरुप पठाएको छ । ती सामाग्रीहरु बैशाख ३१ गते महानगरमा आइपुगेका हुन् । बैशाख २७ गते ल्हासाबाट सडक मार्ग हुँदै पठाइएका सामान ३० गते तातोपानी भन्सारमा पुगेका थिए ।

भोटेकोसी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेल र लाञ्जाउका लागि काठमाडौँ महानगरका अवैतनिक महावाणिज्यदूत किशोर बस्नेतले भन्सारबाट सामान बुझेर ३० गते राती महानगरसम्म ल्याउनुभएको थियो । ३१ गते उहाँहरुले महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीलाई सामाग्री बुझाउनुभएको थियो । प्राप्त सामाग्रीहरुमा ‘हामी हिमाल र नदीले जोडिएका छौँ । हाम्रो मित्रता सधैँ रहिरहनेछ ।’ र ‘ल्हासा र काठमाडौँको मित्रता दिगो रही रहन्छ ।’ लेखिएको छ ।

‘ल्हासा र काठमाडौँको आत्मीय भगिनी सम्बन्ध छ । गएको बर्ष पनि ल्हासाले काठमाडौँलाई कोविड परीक्षणका लागि न्युक्लेइक एसिड एट्राक्सन मेसिन, न्युक्लेइक एसिड एट्राक्सन रिएजेन्ट, भिटीएम, आरडीटी र पर्सनल प्रोटेक्टिभ इक्युप्मेन्ट (पिपिइ) लगायत सामाग्री र उपकरण सहयोग गरेको थियो । त्यस्तै सडक सफाइमा प्रयोग हुने ब्रुमर मेसिन पनि प्राप्त भएका छन् ।’ भेन्टिलेटर बुझिसकेपछि प्रतिक्रिया दिँदै प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले भन्नुभयो, ‘काठमाडौँका नागरिककातर्फबाट हामी ल्हासा नगर र त्यहाँका नागरिकप्रति आभार प्रकट गर्दछौँ ।’ ज्ञवालीकाअनुसार प्राप्त सामाग्री कसरी उपयोगमा ल्याउने भन्ने विषयमा छिट्टै निर्णय हुनेछ ।

‘संघीय नेपालको राजधानी सहर भएकोले अन्य ठाउँको तुलनामा काठमाडौँमा कोविडको जोखिम धेरै छ । यसबेला काठमाडौँलाई सहयोग गर्नु हाम्रो पनि दायित्व हो ।’ सामान लिएर आउनुभएका तातोपानी गाउँपालिकाका प्रमुख पौडेलले भन्नुभयो, ‘दुःखमा साथ दिन पाइयो । तातोपानीबाट सामान बुझेर काठमाडौँसम्म ल्याउनुलाई मैले जिम्मेवारी ठानेको छु ।’

महानगरको अन्तरराष्ट्रिय सम्बन्ध सचिवालयका प्रमुख महेश काफ्लेकाअनुसार भगिनी सम्बन्ध भएका चीनका लाञ्जाउ, छेन्दु, नान्जिनलगायत नगरहरुले पनि सहयोगको इच्छा व्यक्त गरेका छन् । आदानप्रदानका लागि भएका पत्राचारका आपसी विषयहरुलाई निर्णय प्रक्रियामा लगिनेछन् । काफ्लेकाअनुसार जापानको मात्सुमोतो, कोरियाको सियोल महानगरलगायत भगिनी सम्बन्ध भएका नगर र सिटी नेटलगायत संस्थागत सदस्यता लिएका सञ्जालले महामारीसँग जुध्ने सघाउने उपकरण उपलब्ध गराउने इच्छा देखाएका छन् । तर हवइ यातायात सञ्चालन नभएका कारण सामान ल्याउन कठिन हुने भएको छ ।

अवैतनिक महावाणिज्यदूत वस्नेतकाअनुसार ल्हासाबाट पठाइएका भेन्टिलेटरको मूल्य ८ लाख आरएमबि (करीब १ करोड ५० लाख रुपैयाँ) हो । म आपसी सम्बन्धका क्षेत्रमा काम गर्ने भएकोले अब अक्सिजन र यससँग सम्बन्धित उपकरणका लागि पहल गर्नेछु ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स