25.5 C
Kathmandu
Saturday, September 30, 2023

मकवानपुरमा अब जेठ १३ सम्म निषेधाज्ञा

 

मकवानपुर/कोरोना जोखिमलाई मध्यनजर गर्दै मकवानपुरमा निषेधाज्ञाको समय लम्बाइएको छ । अब जेठ १३ गतेसम्म निषेधाज्ञा हुनेछ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र मकवानपुरका अनुसार निषेधाज्ञाको समय बढाइएको हो ।

गत बैशाख १९ गते राति १२ बजेदेखि मकवानपुरमा निषेधाज्ञा जारी गरिएको थियो । पछिल्लो समय मकवानपुरमा कोरोनाको संक्रमण दर र मृत्यु दरलाई कम गर्न निषेधाज्ञालाई थप कडा बनाइने भएको छ । विहान र बेलुका हिँड्डुलमा पनि रोक लगाइएको छ । विभिन्न बहानामा व्यक्तिहरू घर बाहिर निस्कन र हिँडडुल गर्न नपाउने जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ ।

निषेधाज्ञाको अवधिमा औषधि उपचार र खाद्य वस्तु तोकिएको समयमा नजिकका पायक पर्ने स्थानमा खरिद गर्नुपर्ने, अत्यावश्यक उपभोग्य वस्तु खाद्यान्न, पानी, दूध, माछा, मासु, तथा तरकारी विक्री वितरण गर्ने पसल विहान पाँचदेखि आठ बजेसम्म मात्र खोल्न पाइनेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स