25.1 C
Kathmandu
Sunday, May 26, 2024
spot_img

काठमाडौंमा कहाँ कहाँ लगाइदैंछ ‘भेरोसेल’ को दोस्रो मात्रा ?

[the_ad id="4647"] [the_ad id="4648"] [the_ad id="4649"]

काठमाडौं / काठमाडौं उपत्यकामा आजदेखि कोरोना भाइरसविरुद्धको चिनियाँ खोप ‘भेरोसेल’ को दोस्रो मात्रा लगाइँदैछ । पहिलो डोज खोप लगाएका व्यक्तिले आफू निकट पालिका, वडा र खोप केन्द्रमा गएर दोस्रो डोज खोप लगाउन सक्नेछन् ।

खोप लगाउन लागि काठमाडौ महानगरपालिकाका ३२ वटा वडासहित अन्य नगरपालिकामा १-२ वटा खोप केन्द्र तय गरिएको छ । पहिलो खोप लगाएको मितिको आधारमा दोस्रो मात्रा लगाउनका लागि मिति तय गरिएको छ ।

काठमाडौंमा संक्रमण फैलिरहेको अवस्थामा धेरै भिडभाड हुन नदिन यसपटक काठमाडौंमा करिब ५० वटा खोप केन्द्रहरुको व्यवस्था गरिएको छ । दोस्रो डोज लिन जाँदा पहिलो डोज लगाउँदा दिइएको खोप कार्ड अनिवार्य रुपमा लग्नुपर्नेछ ।

चैत २५ देखि बैशाख १५ सम्म पहिलो मात्रा लगाएकाहरुले आजबाट क्रमश जेठ ११ गते सम्म निर्धारण गरिएको मितिमा दोस्रो मात्रा लगाउन पाउने वागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

[the_ad id="4652"] [the_ad id="4657"] [the_ad id="4660"]

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

[the_ad id="3905"] [the_ad id="3907"] [the_ad id="3908"] [the_ad id="3909"] [the_ad id="3910"] [the_ad id="3911"]

हेडलाइन्स