15.1 C
Kathmandu
Saturday, April 11, 2026
spot_img

७८ गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत खटाइयो

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभर प्रमुख प्रशासकीय अधिकृत रिक्त रहेका ७८ गाउँपालिकामा नयाँ अधिकृत खटाएको छ।

मन्त्री प्रतिभा रावलले चैत १९ गते मन्त्रीस्तरीय निर्णय गर्दै ती गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत पठाउने निर्णय गरेकी हुन्। मन्त्रालयका अनुसार निजामती सेवामा कार्यरत शाखा अधिकृतहरूलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिँदै विभिन्न गाउँपालिकामा खटाइएको हो।

यसअघि मन्त्रालयले ६३ जना उपसचिवहरूको सरुवा गरेको थियो। सरुवा गरिएका उपसचिवहरूलाई नगरपालिकाहरूमा प्रमुख प्रशासकीय अधिकृत तथा जिल्ला समन्वय समितिमा अधिकृतको जिम्मेवारी दिइएको थियो।

हाल देशभर करिब १५० स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको पद अझै रिक्त रहेको मन्त्रालयले जनाएको छ। रिक्त रहेका सबै स्थानीय तहमा समेत क्रमशः अधिकृत खटाउने तयारी भइरहेको मन्त्रालयको भनाइ छ।

cao

प्रतिक्रिया

हेडलाइन्स