17.1 C
Kathmandu
Wednesday, December 24, 2025
spot_img

१२ स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत एकैपटक सरुवा

काठमाडौँ । १२ स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतको सरुवा भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमबार गरेको निर्णय अनुसार ती स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी हेरफेर गरिएको हो ।

मन्त्रालयको निर्णयअनुसार उपसचिव दरबन्दी भएका बाह्रबिसे नगरपालिका र लेटाङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरुवा भएका छन् । सोही तहका उपसचिव दरबन्दी रहेका भीमेश्वर नगरपालिका, मलंगवा नगरपालिका र जिल्ला समन्वय समिति खोटाङमा समेत जिल्ला समन्वय अधिकृत परिवर्तन गरिएको छ ।

त्यस्तै, अधिकृत दरबन्दीमा रहेका स्थानीय तहहरूमध्ये सुनसरीको गढी गाउँपालिका, सिरहाको सुखीपुर नगरपालिका, सुनसरीकै दुवनगञ्ज गाउँपालिका, नुवाकोटको किस्पाङ गाउँपालिका र मेधाङ गाउँपालिकामा पनि प्रमुख प्रशासकीय अधिकृतहरूको सरुवा भएको मन्त्रालयले जनाएको छ ।

यस्तै सर्लाहीको विष्णु गाउँपालिका, जाजरकोटको नलगाढ नगरपालिका र रुपन्देहीको सियारी गाउँपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृतहरूको समेत हेरफेर गरिएको छ ।

मन्त्रालयका अनुसार जिल्ला समन्वय समिति सिरहा लगायत थप ६ जना अधिकृतको समेत सरुवा गरी नयाँ कार्यस्थल तोकिएको छ । नयाँ सरुवासँगै सम्बन्धित स्थानीय तहहरूमा छिट्टै कार्यभार हस्तान्तरण हुने तयारी भइरहेको बताइएको छ ।

प्रतिक्रिया

हेडलाइन्स