काठमाडौँ । काठमाडौँ महानगरपालिकाले करार सेवामा विभिन्न पदका लागि आवेदन आह्वान गरेको छ, जसमा अग्नि नियन्त्रणक (फायर फाइटर) समेतका पद समावेश छन् । प्रशासन विभागबाट जारी सूचनाअनुसार, दरबन्दीबाहेक कार्यरत कर्मचारीको पुनः करार नियुक्तिका लागि १५ दिनभित्र आवेदन दिन सकिनेछ ।
सूचनामा उल्लेख अनुसार, आवेदकले रु. ३,००० शुल्क तोकिएको खातामा जम्मा गरी QR वा भुक्तानी स्टेटमेन्टसहित आवश्यक कागजात Scan Copy अनलाइन माध्यमबाट www.kathmandu.gov.np मा पठाउनुपर्नेछ ।
महानगरले प्रकाशित विवरणअनुसार निम्न पदमा कर्मचारी माग गरिएको छ —
१. नगर प्रहरी (प्रहरी जवान) – १९ जना
२. इन्जिनियर (सिभिल) – १४ जना
३. कम्प्युटर अपरेटर – २ जना
४. अग्नि नियन्त्रणक – दरबन्दी अनुसार
काठमाडौँ महानगरपालिकाले स्थायी दरबन्दीमा अभाव भएका प्राविधिक तथा सुरक्षासम्बन्धी सेवाहरूलाई सहज बनाउने उद्देश्यका साथ यो सूचना जारी गरेको जनाएको छ ।


