17.1 C
Kathmandu
Wednesday, December 24, 2025
spot_img

टोखा नगरपालिकाको १२औं स्थापना दिवस उत्साहसहित सम्पन्न

काठमाडौँ– टोखा नगरपालिकाले आफ्नो १२औं स्थापना दिवस  विभिन्न सामाजिक र सांस्कृतिक कार्यक्रमसहित भव्य रूपमा मनाएको छ।
मंसिर १६ गते बिहान १० बजे  सचेतना र प्रभातफेरीबाट सुरु भएको कार्यक्रममा रक्तदान, जेष्ठ नागरिक सम्मान, करदाता सम्मान, वक्तृत्वकला, धिमेबाजा तथा एसईई उत्कृष्ट विद्यार्थी सम्मानजस्ता कार्यक्रम  आयोजना भएको थियो ।

रक्तदान कार्यक्रममा ३९ जनाले रगत दिएका थिए।
स्थापना दिवसको अवसरमा नगरपालिकाले गम्भीर तथा दीर्घरोगी नागरिकलाई ३५ हजार र किरिया पुत्री खर्चबापत १० हजारसहित विभिन्न सहयोग रकम पनि वितरण गरिएको छ।

१२ वर्षको यात्रालाई स्मरण गर्दै नगरपालिकाले सेवाभाव र विकासप्रति आफ्नो प्रतिबद्धता दोहोर्‍याएको छ।

प्रतिक्रिया

हेडलाइन्स