23.6 C
Kathmandu
Wednesday, August 13, 2025
spot_img

उपत्यकाकाको फोहोर व्यवस्थापनको काम एक हप्तासम्मका लागि रोकियो

काठमाडौं । काठमाडौं उपत्यकाकाको फोहोर व्यवस्थापनको काम आजदेखि रोकिएको छ । यसअघि फोहोर व्यवस्थापन गर्दै आएको स्थान नुवाकोटको सिसडोलदेखि दीर्घकालीन फोहोर व्यवस्थापनस्थल बञ्चरेडाँडासम्म जाने करिब दुई किलोमिटर बाटो मर्मतको काम भइरहेकाले आगामी एक हप्तासम्म फोहोर ढुवानीको काम बन्द गरिएको हो ।

सहरी विकास मन्त्रालयले फोहोरको गाडी आवतजावत गर्दा बाटो मर्मतको काममा समस्या आएको भन्दै काठमाडौं महानगरपालिकालाई केही दिन फोहोर ढुवानीका गाडी नचलाइदिन आग्रह गरेको थियो । सोही आग्रहअनुसार महानगरपालिकाले पनि आजदेखि फोहोर व्यवस्थापन कार्य रोकेको हो ।

आजदेखि काठमाडौं उपत्यकाको १८ स्थानीय तहको फोहोर व्यवस्थापनको काम रोकिएको काठमाडौं महानगरपालिकाको वातावरण विभाग प्रमुख सरिता राईले जानकारी दिइन् । बाटो मर्मतकै कारण यसअघि पनि बिहान ४ बजेदेखि दिउँसो १२ बजेसम्म मात्रै उपत्यकाबाट फोहोरको गाडी सन्चालन हुँदै आएका थिए ।

काठमाडौं महानगरपालिकालेसूचना जारी गर्दै फोहोर व्यवस्थापनको काम नहुन्जेलसम्म आ आफ्नो घर पसल व्यवसायबाट उत्पन्न हुने कुहिने र नकुहिने फोहोरलाई सडक, चोक, सार्वजनिकस्थलमा नफाली घरभित्रै छुट्टाछुट्टै राख्न अपिल गरेको छ ।

हरेक दिन काठमाडौं उपत्यकाबाट एक हजार २०० मेट्रिकटन फोहोर सिसडोलमा व्यवस्थापन हुँदै आएको छ । यसमध्ये सबैभन्दा बढी काठमाडौं महानगरपालिकाबाट ५०० मेट्रिकटन फोहर निस्किने गर्दछ । निजी र काठमाडौं महानगरपालिकाको गरी दैनिक कम्तीमा २०० गाडी फोहर लाने गरिएकामा अहिले मुस्किलले ५० गाडीमात्र सिसडोल पुग्ने गरेका छन् ।

हाल फोहोर व्यवस्थापन गरिँदै आएको सिसडोलभन्दा दुई किलोमिटर टाढा बञ्चरेडाँडामा दीर्घकालीन फोहर व्यवस्थापन स्थल निर्माण गरिएको छ । हाल निर्माण भइरहेको दीर्घकालीन ल्यान्डफिलसाइट नुवाकोट र धादिङको सिमानामा पर्छ । उपत्यकाबाट दैनिक उत्सर्जन हुने फोहरमध्ये करिब ७५ प्रतिशत सिसडोलमा व्यवस्थापन गरिन्छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स