22.8 C
Kathmandu
Monday, August 11, 2025
spot_img

जनप्रतिनिधिले राजीनामा दिएमा कार्यवाहक अध्यक्षको हैसियत वडा सचिवलाई

काठमाडौं । यही वैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचनका लागि बहालवाला जनप्रतिनिधिले पुनः उम्मेदवार बन्न चाहेमा राजीनामा दिनुपर्ने कानुनी मान्यताअनुसार वडा सचिवले कार्यवाहक अध्यक्षको हैसियतमा काम गर्न पाउने भएका छन् ।

काठमाडौँ महानगरपालिकाको ७५औँ कार्यपालिका बैठकले स्थानीय तह निर्वाचन, २०७९ मा बहालवाला जनप्रतिनिधिले उम्मेदवार बन्न राजीनामा दिनुपर्ने अहिलेको अवस्थामा वडाध्यक्षसहित सबै सदस्यले राजीनामा दिएमा वडा सचिवले कार्यवाहक अध्यक्षको हैसियतमा काम गर्ने निर्णय गरेको हो ।

यही व्यवस्थाबमोजिम बिहीबारको कार्यपालिका बैठकले वडाध्यक्षले राजीनामा दिए वडा सदस्यमध्येबाट एक जनालाई कार्यवाहक दिने निर्णय गरेको छ । यदि वडाका सबै जनप्रतिनिधिले राजीनामा दिएमा वडा सचिवलाई कार्यवाहक अध्यक्षको हैसियतमा काम गर्न अधिकार दिने निर्णय भएको छ ।

स्थानीय सरकार सञ्चालन ऐनको दफा ११६ मा कार्यवाहक भई काम गर्ने अवस्थासम्बन्धी व्यवस्था छ । जसमा वडाध्यक्षले राजीनामा दिए, वडा सदस्यमध्येबाट कार्यवाहक दिन सकिन्छ । सबै जनप्रतिनिधिले राजीनामा दिए कार्यवाहक अध्यक्षका विषयमा कार्यपालिकाको बैठकले निर्णय गर्न सक्छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स