22.6 C
Kathmandu
Thursday, August 14, 2025
spot_img

मुलुकभर थप २,५२६ जनामा कोरोना पुष्टि, १६ संक्रमितको मृत्यु, ८,४२५ जना कोरोना मुक्त

काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा २ हजार ५२६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११ हजार ०७३ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा २ हजार ५२६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ६ हजार ६५५ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा १ हजार ६०२ जना र ४ हजार ४१८ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ९ सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या १० लाख ९७ हजार ५८९ पुगेको छ ।

कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ८ हजार ४२५ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ८ लाख ९५ हजार ८६८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर ११ हजार ७३ जनाको परीक्षण हुँदा हालसम्म कुल ६२ लाख ४९ हजार ६१९ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १६ को मृत्यु भएको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ७९४ पुगेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स