27.1 C
Kathmandu
Friday, September 22, 2023

आज पनि सर्वोच्चमा कानुन व्यवसायी र प्रहरीबीच धकेलाधकेल

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाको राजीनामा माग गर्दै आन्दोलनरत कानुन व्यवसायी र प्रहरीबीच आज पनि धकेलाधकेल भएको छ।

करिब एक महिनादेखि आन्दोलनरत नेपाल बार एसोसिएसनले आइतबार पनि जारी राखेको धर्ना कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेपछि सामान्य धकेलाधकेल भएको छ।

नेपाल बार एसोसिएसनमा भेला भएका कानून व्यवसायीले हातमा कालो पट्टी बाँधेर प्रधानन्यायाधीशको राजीनामा माग गर्दै विरोध प्रदर्शन गरिरहेका छन्।

प्रधानन्यायाधीशले अदालतको गरिमा कायम राख्न नसकेको, विकृति, विसंगति र भ्रष्टाचार रोक्न नसकेको लगायतका माग राखेर नेपाल बार आन्दोलनमा छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स