21 C
Kathmandu
Wednesday, September 27, 2023

वीरगञ्ज महानगरपालिकामा खोप भण्डार स्थापना

वीरगञ्ज । वीरगञ्ज माहानगरपालिकाले खोप भण्डार स्थापना गरेको छ । बालबालिकाहरुलाई लगाइने नियमित खोप र कोभिडविरुद्धको खोप भण्डारण सहज बनाउन महानगरपालिकाले खोप भण्डार स्थापना गरेको हो ।

महानगरका प्रमुख विजयकुमार सरावगीले शनिवार खोप भण्डारको उद्घाटन गरेका छन् । खोप भण्डार स्थापनासँगै अब महानगरवासीलाई आवश्यक खोप व्यवस्थापन सहज भएको सरावगीले बताए ।

भण्डार सञ्चालनमा आएकाले महानगरका बालबालिकालाई लगाइने नियमित तथा कोभिडविरुद्धको खोपको अभाव नहुने दाबी उनले गरे । खोप सहज रुपमा उपलब्ध हुने महानगरले बताएको छ । अहिलेसम्म महानगरमा आवश्यक खोप अन्य स्थानमा भण्डारण गनुपर्ने बाध्यता थियो ।

एउटा खोप चिसो बनाइराख्ने रेफ्रिजेरेटर, १००ओटा आइसप्याक फ्रिजर, १६ ओटा भ्याक्सिन क्यारियर, सात ओटा कोल्ड बक्सलगायतका उपकरणहरू महानगरपालिकामा उपलब्ध स्वास्थ्य संयोजक रितेश जयसवालले जानकारी दिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स