14.1 C
Kathmandu
Saturday, April 13, 2024
spot_img

१२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई लगाउन थालियो फाइजर खोप

[the_ad id="4647"] [the_ad id="4648"] [the_ad id="4649"]

काठमाडौं । कोभिडविरुद्धको फाइजर खोप आजबाट १२ देखि १७ वर्ष उमेर समूहका सर्वसाधारण बालबालिकालाई दिइने भएको छ । हिजोसम्म यो खोप १२ वर्ष माथिका दीर्घ रोगीलाई मात्रै दिइँदै आएको थियो ।

स्वास्थ्य सेवा विभाग खोप शाखा प्रमुख सागर दाहालका अनुसार आजबाट १२ देखि १७ वर्ष उमेर समूहका निरोगी बालबालिका र दीर्घ रोगी भए १२ वर्षमाथिका सबै उमेर समूहका लागि यो खोप दिने व्यावस्था मिलाइएको छ ।

स्वास्थ्य कार्यालय काठमाडौंले पनि थोरै मात्रा खोप बाँकी रहेकाले पहिले आउनेलाई पहिलो प्राथमिकतामा राखेर खोप दिइने बताएको छ । स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख शम्भु काफ्लेका अनुसार फाइजरका लागि तोकिएका पाँच वटा खोप केन्द्रमा प्रतिकेन्द्र साढे ५ सयको हाराहारीमा खोप मौज्दात रहेकाले करिब २७ देखि २८ सय बालबालिकाले मात्रै खोप पाउन सक्नेछन् । आज, भोलि र पर्सिका लागि १२ देखि १७ वर्ष उमेर समूहका स्वस्थ बालबालिकालाई खोप दिने भनिएको हो । तर खोपको मौज्दात कम छ । खोप लगाउन कति आउनुहुन्छ, त्यसैको आधारमा कति समय खोप अभियान चल्छ भन्ने हो,’ उनले भने ।

कोभ्याक्स सुविधा अन्तर्गत नेपालले प्राप्त गरेको एक लाख ६२० डोज खोप काठमाडौं उपत्यकामा ८ र बाहिर १६ वटा गरी कुल २४ वटा अस्पतालमा केन्द्र तोकि गत २८ कात्तिकदेखि लगाउन सुरु गरिएको हो । यसको दोस्रो मात्रा ४ साता पछि अर्थात २७ मंसिरदेखि २ पुस सम्मका लागि तय गरिएको छ

[the_ad id="4652"] [the_ad id="4657"] [the_ad id="4660"]

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

[the_ad id="3905"] [the_ad id="3907"] [the_ad id="3908"] [the_ad id="3909"] [the_ad id="3910"] [the_ad id="3911"]

हेडलाइन्स