24.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

न्यायालय विवाद : बार एशोसिएसन परिसरमै वकिलबीच कुटाकुट

काठमाडौं । न्यायालयमा देखिएको विवादले दुई कानुन व्यवसायीबीच कुटाकुट भएको छ । नेपाल बार एशोसिएसनकै परिसरमा दुई जना वकिलबीच विवाद हुँदा कुटाकुटको अवस्थासम्म पुगेको हो ।

शुक्रबार भूमिनन्द चुडाल र विराट न्यौपाने एक आपसमा भिडेका थिए । इजलास बहिष्कारको विषयमा दुई कानुन व्यवसायीबीच विवाद भएको प्रत्यक्षदर्शी कानुन व्यवसायीले बताएका छन् ।

कानूनी व्यवसायीहरुका अनुसार अधिवक्ता चुडालले ‘सबै वकिल धनी छैनन्, इजलास नबस्दा चल्न गाह्रो भयो’ भन्दै बोलिरहेका थिए । प्रधानन्यायाधीशले राजीनामा किन दिने भन्दै चुडाल बोलिरहेका बेला न्यौपानेले गएर उनलाई दुर्व्यवहार गरेका थिए । ‘प्रधानन्यायाधीशले किन राजीनामा दिने’ भन्दै उनले कोट तानेको वकिलहरुले बताएका छन् । त्यसपछि दुईबीच कुटाकुट भएको थियो ।

चुडालले पत्रकारहरुसँग कुरा गर्दै आफूले कानूनी बाटोबाट न्याय खोज्ने बताए । न्यौपानेले चाहिं ‘सामान्य विवाद भएको’ भन्दै कुरा मिलिसकेको बताए । पछिल्ला केही दिन यता प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामाका बारेमा कानून व्यवसायीहरूबीच मत विभाजन छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स