24.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

चाँगुनारायण नगरपालिकाद्धारा बजार अनुगमन

भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिकाले केही दिन आफ्नो क्षेत्रमा रहको विभिन्न पसल तथा होटलहरुको अनुगमन गरको छ । शुक्रबार २ नगर उपप्रमुख वीणा बाँस्तोलाको नेतृत्वको टोलीले नगरपालिकाको वडा नम्बर ५,६ र ७ बजार अनुगमन गरको हो ।

सो क्रममा केही औषधी पसलहरूमा फार्मेसीको प्रमाणपत्र पाएको एक व्यक्ति हुने बिक्री गर्न अरु नै बस्ने गरेको पाइएको नगरपालिकाकी अधिकृत निला घिमिरेले जानकारी दिएकी छिन् । उनको अनुसार चाँगुनारायण ७ मा रहको सार्थक फार्मेसी र वडा नम्बर ५ मा रहेको खरिपाटी फार्मेसीमा सम्बन्धित व्यक्ति मात्रै बसेर औषधी बिक्री गर्न अनुगमन टोली निर्देशन दिएको छ । साथै प्रमाणपत्र लिएको व्यक्ति उपस्थित हुन नसक्ने भए फार्मेसी बन्द गर्नुपर्ने भन्दै सटर नै तानेको उनले बताइन् ।

त्यसैगरी खाद्य सामाग्री बिक्री गर्ने किराना पसलले म्याद गुज्रेको खाद्य सामाग्री बिक्रि गर्ने गरेको फेला परेको छ । अनुगमनमा क्रममा उत्पादन तथा उपभोग्य मिति उल्लेख नभएका सामाग्रीहरु फेला परेको र म्याद गुज्रेका सामाग्री जफत समेत गरेको छ ।

जुगल एग्रिकल्चर एण्ड मिट सप, दी फेमली बेकरी, हीरालाल किराना स्टोर, व्यक्त खाद्य तथा किराना स्टोर, जोसपारी खाजाघर, अप्सरा फेन्सीलगायत ४० वटा व्यवसायको अनुगमन र निरीक्षण गरेको नगरपालिकाले जानकारी दिएको छ ।

सो क्रममा केहि दर्ता नभएका, केहीमा मूल्य सूची नभएको, केहीमा उपभोग्य मिति सकिएका सामाग्रीहरु बेच्न राखेको, खाजा घरमा फोहोर भेटिएको घिमिरेले बताइन् । राष्ट्रिय उपभोक्ता मञ्च, जिल्ला प्रशासन कार्यालय भक्तपुरकी अधिकृत लुमा श्रेष्ठ, सुरक्षाकर्मी, सञ्चारकर्मीसहित चाँगुनारायण नगरपालिकाको टोलीले बजार अनुगमन गरेको हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स