24.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

बाराही जात्रा कोरोनाका कारण स्थगन

मकवानपुर । मकवानपुरको थाहा नगरपालिकामा प्रत्येक तीन वर्षमा लाग्ने प्रसिद्ध बाराही जात्रा कोरोना महामारीका कारण यस वर्ष पनि स्थगन गरिएको छ ।

अघिल्लो जात्रा सकिएको तीन वर्ष पुगेपछि गत वर्ष नै बाराही जात्रा हुनुपर्ने भए पनि कोरोना महामारीका कारण रोकिएको थियो ।

नगरमा कोरोना संक्रमण बढिरहेको र जात्रा चलाउँदा थप जोखिम हुने भएकाले यस वर्ष यही जेठ १५ देखि १७ गतेसम्म हुने जात्रा रोकिएको बज्रबाराही गुठी व्यवस्थापन समितिका अध्यक्ष इन्द्रबहादुर श्रेष्ठले जानकारी दिए ।

थाहा–६ बज्रबाराहीमा बसेको गुठी व्यवस्थापन समितिको बैठकले कोरोना महामारीका कारण यस वर्ष जात्रा हुन नसक्ने भएकाले नित्य पूजाको कार्यक्रम मात्र सञ्चालन गर्ने निर्णय गरेको अध्यक्ष श्रेष्ठले बताए ।

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स