24.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

कोरोना कहरः एक हजार रुपैंया हाम्रो अभियान

दाङ । दाङस्थित दङ्गिसशरणका केही युबा सामाजिक सेवामा जुटेका छन् । कोरोना महामारीले बिश्व आक्रान्त भएकोबेला बिपतको सामना गर्न एकीकृत भएर लागेको अभियानका अध्यक्ष राघब देबकोटाले बताए । दङ्गिसरण गाउँपालिकाको आइसोलेसनमा रहेका संक्रमितलाइ खाना खुवाउनक लागि एक हजार रुपैंया हाम्रो अभियानको थालनी गरिएको अभियानकर्ता प्रमोदरियाज आचार्यले बताए । ती युवाहरुले दाङमै संक्रमित र कुरुवालाइ पोसिलो खाना खुवाइरहेका छन् ।
अहिले बैशाख ३० गते बाट सुरु गरेको आफ्नो अभियान निरन्तर जारिरहेको र दङ्गिसरण ६ बागरमा रहेको आइसुलेसनमा रहेका १० जना बिरामी र उनका कुरुवाहरुलाइ निसुल्क पोसिलो खाना खुवाइरहेको अर्का अभियान्ता अर्जुन भट्टराईले बताए । अभियनकर्मी जिबेशनाथ योगिले आफ्नो अभियानमा सहयोग गर्न आग्रह गरे ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स