काठमाडौं । शुक्रवार देशभर ८ हजार ६ सय ७ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा २३ हजार २२६ जनाको पिसिआर र ८७३ जनाको एन्टीजेन परीक्षण गरीएको छ । यस्तै १७७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार जानकारी दिएको छ ।
यसअघि बिहीबार देशभर ८३०५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने १९० जनाको मृत्यु भएको थियो ।
संक्रमण हुने दर बढ्दो, एकैदिन १७७ को मृत्यु
