काठमाडौं । नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल समूहका २७ जना सांसदको हस्ताक्षरलाई आधिकारिकता नदिन राष्ट्रपति कार्यालयमा पत्र दर्ता गराएका छन् ।
पत्रमा भनिएको छ, ’नेकपा एमालेका सांसदहरुको हस्ताक्षर दुरुपयोग भएको कुरा आएको छ। पार्टीले छानबिन गर्दैछ । त्यसलाई मान्यता नदिइयोस् ।’
यदि त्यस्तो गरेको पाइयो भने कारबाही गरिने समेत उल्लेख भएको प्रधानमन्त्री ओलीका कानुनी सल्लाहकार बाबुराम दाहालले बताए । उनले भने, ’उक्त पक्षको हस्ताक्षरलाई मान्यता नदिन जानकारी गराइएको पत्र दर्ता गराएर आएका छौं ।’