24.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

स्वास्थ्य आपतकाल घोषणा गर्न सक्ने गरी अध्यादेश जारी (के छ अध्यादेशमा ?)

काठमाडौं । सरकारले कोरोना संक्रमण बढ्दै गए स्वास्थ्य आपतकाल घोषणा गर्न सकिने जनाएको छ । सरकारले आवश्यक परेको जुनसुकै बेला पनि स्वास्थ्य आपतकाल घोषणा गर्न सक्ने भएको हो ।

कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश २०७८ जारी गर्दै सरकारले कोरोना संक्रमणको कारण जनस्वास्थ्यमा गम्भीर प्रभाव परेमा सोको रोकथाम, नियन्त्रण र निदानका लागि राजपत्रमा सूचना प्रकाशन गरी नेपालभर वा कुनै स्थानमा स्वास्थ्य आपतकाल घोषणा गर्न सकिने जनाएको छ ।

स्वास्थ्य आपतकाल घोषणा भएको अवस्थामा स्वास्थ्य संस्थालाई संक्रमितको निदान र उपचारमा खटाउने र आवश्यकता अनुसार स्वास्थ्य संस्था नियन्त्रणमा लिई सञ्चालन गर्न सकिने छ । कुनै व्यक्ति मास्क नलगाई हिँडेको पाइएमा सुरक्षाकर्मीले हरेक पटक नै सय रुपैयाँ जरिवाना लिन सक्ने छ ।

आवतजावत रोक लगाइएका ठाउँमा मानिसहरू हिँडडुल गरेको पाइएमा पटकैपिच्छे दुई सय रुपैयाँ जरिवाना लिन सकिने छ । साथै ६ महिनासम्म कैद गर्न सकिने पनि व्यवस्था गरिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स