29.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

बन्दाबन्दीले मजदुरलाई छाक टार्नै हम्मे हम्मे

डोटी / कोरोना संक्रमणका कारण जारी निषेधाज्ञाले दैनिक मजदुरी गरी खाने वर्गलाई दैनिक छाक टार्नै मुस्किल बन्दै गएको छ । बन्दाबन्दीले काम नपाउँदा उनीहरुलाई निकै समस्या उत्पन्न भएको छ ।

सरकारले गरेको बन्दाबन्दीले उनीहरुले दैनिक गर्दै आएको काम बन्द भएका कारण साँझ बिहान हातमुख जोड्न धौधौ परेको छ । पहिलो चरणको कोरोना सङ्क्रमणका बेला भएको बन्दाबन्दीको समयमा अधिकांश संघसंस्थाले यहाँका मजदुरी गरी खाने वर्गलाई खाद्यान्नलगायतका राहत वितरण गरेको भए पनि यसपटकको बन्दाबन्दीमा कसैले पनि राहत नदिएका कारण आफूहरुलाई हातमुख जोड्न मुस्किल पर्दै आएको दिपायल सिलगढी नगरपालिका–४ का श्यामबहादुर बादीले गुनासो गर्नुभयो ।

जिल्लाको पुरानो क्षेत्रीय सदरमुकाम दिपायलस्थित सेती प्राविधिक शिक्षालय नजिकको सरकारी जमिनमा बस्दै आएका यहाँका जमिनविहीन बादी समुदायका व्यक्तिलाई बन्दाबन्दीले सबैभन्दा बढी सताएको छ ।

जमिन नभएका कारण खेतीपातीको काम गरेर पनि खान नसक्ने अवस्थाका उक्त ठाउँका कम्तीमा पनि आठ परिवार बादी समुदाय ज्याला मजदुरी काम गर्दै परिवार पाल्दै आएका थिए ।

वर्षौँ पहिलेदेखि सुकुम्बासी भएर उक्त क्षेत्रमा बसोबास गर्दै आएका बादी समुदायका परिवारलाई कोरोनाका कारण भएको बन्दाबन्दीले निकै सताएको दिपायल सिलगढी नगरपालिका–४ का कुल्पातेका स्थानीयवासी खड्गप्रसाद अग्रवालले जानकारी दिनुभयो । उहाँका अनुसार बन्दाबन्दीले काम नपाउँदा यहाँका बादी समुदायलाई गाउँगाउँमा गएर मागेर पेट पाल्नुपर्ने अवस्था सिर्जना भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स