27.1 C
Kathmandu
Friday, September 22, 2023

सांसद स्वास्थ्य सामग्री जुटाउन व्यस्त

 

काठमाडौं । नेकपा (एमाले) नेता तथा सांसद योगेशकुमार भट्टराईका समन्वयमा ताप्लेजुङमा स्वास्थ्य सामग्री उपलब्ध हुने भएको छ । कोभिडको संक्रमण बढ्दै गएपछि नियन्त्रण लागि आवश्यक सामाग्री काठमाडौंका ताप्लेजुङ पठाइएको जनाइएको छ । उनका स्वकीय सचिव प्रेम गुरागाईंले सात थान अक्सिजनसहित अक्सिजन, एन ९५ मास्क १०० थान, गाउन १०० थान, पन्जा १०० जोर, मास्क २००० थान, सेफ्टी चस्मा ५० थान र सेनिटाइजर २० लिटर काठमाडौँबाट ताप्लेजुङ पठाइएको बताउनुभयो ।

ताप्लेजुङ जिल्ला अस्पतालका प्रमुख डा.सोनिङ लामाले जिल्ला अस्पतालमा आवश्यक सामग्री माग गरेपछि पठाइएको हो । ताप्लेजुङ भट्टराईको गृह जिल्ला हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स