29.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

कोरोनाका कारण राष्ट्रिय गौरवको आयोजना अलपत्र

कैलाली / राष्ट्रिय गौरवको आयोजना रानी जमरा कुलरिया सिँचाइ आयोजनाको काम कोरोनाका कारण प्रभावित भएको छ । कोरोनाको सङ्क्रमण बढ्दै गएपछि लगाइएको निषेधाज्ञाले आयोजनाको काम जुन गतिमा हुनुपर्ने थियो त्यो गतिमा हुन नसकेको हो । आयोजनाको नहर निर्माण, तटबन्ध निर्माण र विद्युत् गृह निर्माणको काम प्रभावित भएको छ ।

आयोजनामा काम गर्ने केही मजदुरहरूसमेत बिरामी पर्न थालेपछि लम्किचुहा नगरपालिका क्षेत्रमा भइरहेको नहर निर्माणको काम पूर्णरुपमा प्रभावित भएको छ भने अन्य क्षेत्रको काम पनि आंशिक रूपमा मात्र भइरहेको आयोजनाका प्रमुख केदार श्रेष्ठले जानकारी दिनुभयो । अहिले आयोजनाको मुख्य क्षेत्रहरूमा निर्माणको कामहरूले निरन्तरता पाउन सकेको छैन ।

कर्णाली नदी तटबन्धको काम भइरहेको भए पनि दौलतपुर घाटमा भइरहेको तटबन्धको काम समेत प्रभावित भएको छ । कोरोना सङ्क्रमणबाट निधन भएकाको अन्तिम संस्कार दौलतपुर घाटमा हुने भएका कारण कामका लागि मजदुरहरू सो क्षेत्रमा जान डराउन थालेका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स