26.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

गाउँमा कोरोना परीक्षण शून्य

रोल्पा / रोल्पामा कोरोना परीक्षण हुनै छाडेको छ । दुर्गम पहाडी जिल्ला रोल्पामा आज पनि पिसिआर परीक्षणको सुविधा नहुँदा स्वाब संकलन गरेर दाङ, बुटवल वा नेपालगञ्ज सम्म पुराउँनु पर्ने बाध्यता छ । त्यसो त यहाँ एन्टीजेन परीक्षण पनि किट अभावमा पर्याप्त परीक्षण हुन सकेको छैन ।

जिल्ला स्वास्थ्य कार्यालय रोल्पामा अहिले एउटा पनि एन्टीजेन किट छैन । केही समयअघि प्रदेश सरकारले पठाएका २ सय थान किट सकिएको धेरै भयो । अक्सिजनसमेत अभाव भएको रोल्पा अस्पतालमा राज्य स्तरबाट कुनै पनि गतिलो सहयोग आउने गरेको छैन । प्रदेश सरकारको मातहतमा रहेको यो अस्पतालमा कोरोना नियन्त्रण र रोकथामका लागि लुम्बीनी प्रदेश सरकारले कुनै साथ र सहयोग गरेको छैन । जिल्ला कै एक मात्र अस्पताल रोल्पा अस्पतालमा अहिले ३० वटा मात्र किट छ ।

स्थानीय तहहरुले थोरै पनि किट ल्याएर परीक्षण गरिरहेको भए पनि त्यो प्रर्याप्त नभएको गुनासो जनगुनासो आउन थालेको छ । केही समय अगाडि रोल्पा नगरपालिकाले २ सय थान किट ल्याएको भए पनि त्यो सबै सकिए पछि सुनिलस्मृती गाउँपालिकासँग २५ थान सापटी लिएको थियो ।

अन्य पालिकाले पनि थोरै किट किनेर परीक्षण गरे जस्तो गरिरहेको भए पनि खासै चासो भने दिएको देखिदैन । एउटा किटलाई करिब एक हजार रुपैयाँ मात्र पर्ने भए पनि जनताका सेवक भन्ने तिनै तहका सरकारले खरिदमा चासो दिने गरेका छैनन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स