24.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

कोरोना कहरः भान्सा अचाक्लि महगों, अनुगमन निष्प्रभावि !

 

काठमाडौ / देशभर निषेधाज्ञा छ । आम नागरीक घरभित्र बसिरहेका छन् । तर, दैनिक उपभोग्य वस्तु अचाक्लि महगों हुँदा सर्वसाधारण प्रताडित हुनुपरेको छ । कोरोना महामारी नियन्त्रणका लागि गरिएको निषेधाज्ञामा दैनिक उपभोग्य खाद्यान्न महँगो भएको छ । चिनी, खानेतेल, अण्डा, गेडागुडीलगायतका खाद्यवस्तुको भाउ बढेको हो । बजार अनुगमन प्रभावकारी नहुँदा भाउ महँगो भएको उपभोक्ता अधिकारकर्मी बताउँछन् ।

नेपाल खुद्रा व्यापार संघले पछिल्लो १०-१२ दिनयता चिनी, खानेतेल, गेडागुडीको भाउ महँगो भएको जनाएको छ । संघका अध्यक्ष राजकुमार श्रेष्ठले पछिल्ला दिनमा थोकमै चिनी प्रतिकेजी १० रुपियाँसम्म महँगो भएको जानकारी दिनुभयो । उहाँका अनुसार प्रतिकेजी ८० रुपियाँ किनबेच भएको चिनी बढेर ९० रुपियाँ पुगेको छ । सो अवधिमा खानेतेल प्रतिलिटर १० देखि १५ रुपियाँ बढेको छ । गेडागुडी पनि प्रतिकेजी १० रुपियाँ महँगो भएको छ भने कुखुराका अण्डाको प्रतिक्रेट ३० रुपियाँ बढेको संघले जनाएको छ ।

उपभोक्ता अधिकारकर्मी माधव तिम्लिसिनाले बजारमा चिनी सकिँदै गएको हल्ला आउनेबित्तिकै चिनी उद्योगीहरूले चिनीको भाउ बढाएको बताउनुभयो । उहाँले सरकारको नियमनकारी निकायले चिनीको भाउ बढ्नुको कारण खोजी कारबाही गर्नुपर्ने माग गर्नुभयो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स